राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका–४ विरनगरमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय गोपी चौधरी रहेको प्रहरीले जनाएको छ ।
‎
‎आइतबार बेलुकी हराएको बाख्रा खोज्न गाउँभन्दा पूर्व–उत्तर दिशामा जंगल छेउमा रहेको गोठतर्फ गएका चौधरीलाई जंगली हात्तीले आक्रमण गरेको हो। उनीसँगै अन्य ४–५ जना पनि बाख्रा खोज्न गएको बताइएको छ।

‎स्थानीय दिलीप चौधरीका अनुसार जंगल छेउमा पुगेका बेला हात्ती कराउन थालेपछि चौधरीले पनि हात्तीले जस्तै आवाज निकाल्दै जोडले कराएका थिए। त्यसपछि हात्तीले उनलाई लखेटेर आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्।‎
‎
‎जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार हात्तीको आक्रमणबाट गम्भीर घाइते चाैधरीलाई उपचारका लागि प्रादेशिक अस्पताल लहान पुर्‍याइएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको उनले बताए ।

‎‎जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु भएपछि आसपासका बस्तीमा त्रास फैलिएको छ। पछिल्लो समय जंगल आसपासका क्षेत्रमा हात्तीको आवागमन बढ्दै गएपछि स्थानीय बासिन्दा थप त्रसित बनेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको