मधेश प्रिमियर लिग व्यक्ति विशेषलाई बिक्री गरेको सिके राउतको आरोप – विज्ञप्ती सहित
आशुतोष आनन्द सिंह
राजविराज । मधेश प्रिमियर लिगको दोस्रो संस्करणमा विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्न बिहीबार सप्तरीको सदरमुकाम राजविराज आइपुगेका सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले मधेश सित बेइमानी भए लडाई लड्न युवाहरुलाई तयार रहन आग्रह गरेका छन् ।
तीन बुँदै समझादारीको आधारमा वर्तमान सरकारलाई समर्थन दिएको बताउँदै महतोले समय मधेशको माग सम्बोधन गर्न संशोधन प्रस्ताव सदनमा लान समय फेरिदै गरिएकोमा चर्काे आक्रोश व्यक्त गर्दै छठ अधि संशोधन प्रस्ताव सांसदमा नलगिए सरकारको हालत केपि ओली नेतृत्वको सरकार झै हुने बताउँदै अझै पनि बेइमानी भए आरपारको लडाई लड्न सबैलाई तयार रहन आग्रह गरेका हुन । आफुहरुको लडाई कुनै समुदाय विरुद्ध नभई लडाई समानताको अधिकारको लागि भएको बताउँदै सम्पूर्ण जातजाति, महिला, मुश्लिम सबै अधिकार सम्पन्न नहुञ्जेल देश सम्पन्न नहुने मधेश सम्पन्न नहुने बताउँदै मुलुकको सम्पन्नताको लागि आरपारको लडाई लड्न तयार रहन राष्ट्रिय अध्यक्ष महतोले आग्रह गरेका हुन ।
खेलाडीहरुलाई पुरस्कार वितरण गर्न पुगेका महतोले अन्तराष्ट्रिय खेलमा समेत मधेशका खेलाडीहरुलाई उपेक्षा गरिएको आरोप लगाए । राष्ट्रिय अध्यक्ष महतोले भने ‘मधेशमा पनि प्रभावशाली खेलाडीहरु छन् तर अन्तराष्ट्रिय खेलमा विभेद गर्ने, भेदभाव गरी, मधेशका उत्कृष्ट खेलाडीहरुलाई समेत राज्यले मौका दिइरहेको छैन ।’
मधेश युवा पिढिको भएको बताउँदै राजनैतिक खेल आफुहरुले सफलता पूर्वक खेल्न नपाएको हुँदा फेलहुने गरेको बताउँदै अध्यक्ष महतोले देशका भविष्य युवाहरु भएको बताउँदै युवाहरुलाई राजनीतिक खेलमा आई जित्ने खेल खेल्न समेत आग्रह गरे ।
सप्तरीको राजविराजमा संचालित मधेश प्रिमियर लिग (एमपीएल)को टी–ट्वान्टी क्रिकेटको उपाधी गणपति क्रिकेट टिम राजविराजले कब्जा गरेको छ ।
राजविराजमा बिहीबार भएको फाइनल खेलमा गणपतिले मेसु लंका क्रिकेट टिम सप्तरीलाई ५ विकेटले पराजित गरेको छ ।
टस जितेर पहिले व्याटिङ्ग गरेको मेसु निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय २७ रन बनायो । मेसुका लागि बिधान गोस्वामीले ३०, शेखर झा २६, राकेश कामैत १७ रन बनाए भने गणपतिका बलरहरु दीपेन्द्र ऐरीले ३ बिकेट, विजय भारती र मेहबुब आलमले २–२ विकेट लिएका थिए ।
१ सय २८ रनको लक्ष्य लिएर व्याटिङ्ग गर्न मैदानमा उत्रिएको गणपति १८ ओभर ३ बलमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल भयो । गणपतिका लागि ब्याट्स म्यान अमल दासले ४७, राजेश सिंह २१, मेहबुब आलमले अविजित २० रन बनाए ।
बलिङ्गतर्फ मेसुका बलरहरु रबिन सिंह र बिटु कुमारले २–२ बिकेट लिन सफल भए भने, दलजीत कुमारले एक विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच गणपतिका अमल दास घोषित भए ।
प्रतियोगितामा म्यान अफ द सिरिज गणपतिका विजय भारती, गणपतिकै अमल दास बेस्ट ब्याट्स म्यान, गणपतिकै दिपेन्द्र ऐरी बेस्ट बलर घोषित भए । प्रतियोगिता समापनपछि आयोजित कार्यक्रममा सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले कप, मेडल, पुरस्कार तथा प्रमाण–पत्र वितरण गरेका थिए ।
यद्यपी मधेश प्रिमियर लिगको सम्बन्धमा डा. सिके राउतको धारणा सार्वजनिक गर्दै सामाजिक संजालमा डा. राउतको प्रवक्ता कैलाश महतोले जारी गरेको प्रेस विज्ञप्तीले दिएको सन्देश ।