• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

झापा, मोरङ्ग, सुनसरी, सप्तरी, सिरहा र उदयपुरलाई एक प्रदेश बनाइनु पर्छ : डा. पोखरेल


झापा, मोरङ्ग, सुनसरी, सप्तरी, सिरहा र उदयपुरलाई एक प्रदेश बनाइनु पर्छ :  डा.  पोखरेल

फोरम लोकतान्त्रिकबाट समानुपातिक सांसद यौन तथा प्रजनन स्वास्थ्य सम्बनधी बरिष्ठ चिकित्सक डा. सुबोद पोखरेलसँग राजनैतिक समसामयिक विषयमा माई संचार डटकमबाट पंकज झाले गरेको कुराकानीको सम्पादित अंशः
अहिले प्रतिपक्षमा रहेको फोरम लोकतान्त्रिक सत्तामा जाने दाउँमा रहेको चर्चा सुनिन्छ नी ?
हामी यसभन्दा अगाडि नेकपा एमाले र माओवादी केन्द्र नेतृत्वको सत्तामा जाँदा ८ बुँदे सहमति गरेको थियौं । त्यो ८ बुँदे सहमतिमा तराई मधेशका सिमाका कुराहरु उल्लेखित थिएँ । प्रमुख रुपमा के कुरा उल्लेखित थियो भने आन्दोलनको क्रममा जुन घाइते भएका वा पिडीत भएका व्यक्तिहरु थिए उनीहरुलाई क्षतिपूर्ति दिने उनीहरुमाथिको मद्दा फिर्ता लिने लगायतका ९ बुँदे सहमति थियो । अहिले मधेशवादी अन्य दलहरुले जुन तीन बुँदे सहमति गरेको छ त्यो भन्दा धेरै दृढ सहमति हाम्रो पार्टीले गरेर सरकारमा गएको हो , त्यति खेर हामी सरकारमा यस करण गएको हौ की संसद भित्र पनि बसेर सरकारलाई सचेतकको रुपमा घचघच्याउन सकिन्छ भन्ने हिसावले हामी सरकारमा गयौं । र त्यसो कुरा तत्कालिन सरकारबाट भएन र हामीले समर्थन फिर्ता लियौं र फिर्ता लिएर हामी अहिले सरकारमा नगएको अवस्था हो । हामीले चाहेको भए सरकार गठन हुने बेलामा शुरु मैं हामी सत्तामा जान सक्थ्यौं । तर, हामी सत्तामा कीन गएनौं भनेदेखि पहिलो पटकको सरकारमा धोखा खाई सकेको हुनाले यस पटक हामी के हेर्न चाहन्छौ भने सिमाकंनका कुरा तराई मधेशको हितको पक्षमा हुन्छ की िहुँदैन? हामी हेर्छौ र त्यसपछि मात्र सरकारमा जान्छौं । सरकारमा जाने तयारी भनेको त! माँग पुरा भयो भने जाने तयारी त सवैको छ ।
तपाईहरुको मधेशको मुद्दामा राजनीतिक गर्दै हुनुहुन्छ, आफुलाई मधेशवादी दल भनाउन रुचाउँनु हुन्छ । तपाईहरु सत्तामा हुँदा मधेश आन्दोलनमा ५२ जना भन्दा बढीले ज्यान गुमाएको यथार्थ पनि त छ नी ?
सरकारमा त तत्कालिन रुपमा एउटा उदाहरण दिउँ म पहिलो मधेश आन्दोलनमा पनि त राजेन्द्र महतोजी सरकारमा हुनुहुन्थ्यो, त्यतीखेर पनि मान्छे मारिएकै हो नी! सरकारमा बस्दैमा, सरकारमा बस्ने प्रमुखको दायित्व हुन्छ नी? सरकारमा जाने एउटा कुरा हो । अन्तरिम संविधानमा पनि के देखाएकोछ भने संविधान सभाको र सरकारको काम फरक हो ।
हामी आन्दोलनमा सहभागि भएकै हो । अहिले पनि पार्टीको कुनै पनि सदस्यले संविधानमा हस्ताक्षर गरेका छैनौं । त्यस कारण तपाईले के बुझ्नु पर्छ भने हाम्रा मुद्दा सम्बोधन हुने शर्तमा हामी सरकारमा गएका थियौं । हाम्रा ती मुद्दा सम्बोधन नभएपछि सरकारबाट समर्थन फिर्ता लिएका छौं ।
त्यो कुराहरु तपाईले बिर्सनु भएन ! अर्को कुरा मान्छे मारिएको कुरा जहाँ सम्म छ, मान्छे आन्दोलनमा मारिन्छ । मान्छे मारिदा, त्यो मान्छे मेरो हो कसैको हो भनी लाशमाथि हानथाप गर्नुभन्दा मान्छे के को लागि मारिए! मुद्दाको लागि मारिए, त्यो मुद्दा समाधान हुनुपर्दैन भनेर हामीले भनेका छौ र ? हाम्रो दृष्टीकरण मात्रै अरु दल भन्दा फरक हो । हामी मधेशमा तीन प्रदेशको अवधारणाका साथ छौ अहिले झापा, मोरंग, सुनसरी, सप्तरी र उदयपुरको एउटा प्रदेश हुनुपर्छ ।
त्यसपछि धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको एउटा प्रदेश हुनुपर्छ र नवलपरासी देखि कंचनपुर सम्मको एउटा प्रदेश हुनुपर्छ ।
त्यसो गर्दाखेरी मधेशको प्रतिनिधित्व राष्ट्रिय सभामा पनि बढ्न जान्छ । अर्काे तर्फ जस्तो सप्तरीलाई जनकपुर वा विरगंज तर्फ प्रान्तीय सरकारमा जानु भन्दा विराटनगर तर्फ जहाँ सदरमुकाम हुन्छ । पूर्व कायम हुनुपर्छ भनेर हामीले अडान लिएर छौं । अरुको र हाम्रो अडान अलग रहेको हामीले प्रष्ट रुपमा देखाएका छौं । हाम्रो सिमांकनको मुद्दा नै, हाम्रो माग नै फरक छ  । हामी मधेशमा तीन प्रदेशका पक्षमा छौं ।
तपाई सप्तरीवासी पनि हुनुहुन्छ । सांसद हुनुहुन्छ । तपाईको बसाई जिल्ला भन्दा काठमाडौंतीर बढी हुने गरेको गुनासो पनि सुनिन्छ नी ?
म सांसद हुँ । संसदमा संविधान बारेमा छलफल भईरहँदा, संविधान सभाको अवधिमा म काठमाडौं धेरै बसेकै हुँ । निकर््यौल समितिको सदस्य र अर्काे एउटै उपसमितिमा संयोजक समेत रहेको हुँदा । संविधान सभामा निर्णय गर्ने कुराहरुमा महत्वपूर्ण जिम्मेवारी बहन गरेको छु । सांसद हुनुको अर्थ यो होइन की घरमा बसेर तलब खाऊ । संविधान सम्बन्धी छलफलमा भाग नलिऊ भन्ने कसैको सोच छ भने त्यो गलत हो । म आफ्नो समयमा, छुट्टीमा वा विकास निर्माणको योजनाको कार्यान्वयन गर्ने सन्दर्भमा वा कुनै निर्णय गर्ने समयमा कुनै दिन पनि अनुपस्थित छैन । कसैले जिल्ला विकासमा गएर रकर्ड हेरे हुन्छ । मैले जिल्ला विकासमा वा योजनाहरुको रकम कतै सदुपयोग भएको छैन र दुरुपयोग भएको छ भने तपाई जनतासँग सोधे पनि हुन्छ । तपाईलाई कुन जनताले भन्यो की म धेरै बस्छु भनेर म छुट्टीमा घरमै थिएँ । अहिले पनि दशैभरी उत्तै थिएँ । दिपावली देखि छठ सम्म म आफ्नो क्षेत्र मैं थिए । जतिबेला यहाँको काम कारवाही रोकिएको हुन्छ, म आफ्नो क्षेत्रमा जनताको सुख दुःखमा हुन्छु । म फोनबाट पनि आफ्नो जनताको समस्याहरु बुझ्छु । उनिहरुको योजनाका लागि मन्त्री, सचिवहरुलाई भेट्नु पर्र्ने हुन्छ, जुन घरमै बसेर गर्न सकिदैन । त्यसैले एउटा सांसदको दायित्व काठमाडौं र क्षेत्रमा दुवैतिर हो, बुझि दिनु प¥यो ।
त्यही त भन्या तपाईको गृह जिल्लामा व्यापक भ्रष्टाचार छ, कहाँ हुनुहुन्छ तपाई ?
सप्तरी जिल्लामा भ्रष्टाचार छ, त्यसका लागि तपाईहरु जस्ता श्रद्वेय पत्रकार र नागरिकहरुका खबरदारी, त्यहाँका कार्यालयहरुका व्यवस्थापक र हामी सांसदहरुको साझा जिम्मेवारी हो । भ्रष्टाचार एकै पटक दुर गर्न नसकिने अवस्था तपाई हामीलाई अवगत छ । संक्रमणकाल चलिरहेका अवस्था पनि छ । त्यसकारणले गर्दा खेरी भ्रष्टाचार एउटा राष्ट्रिय रोग भएर आएको छ । तपाईको प्रश्नले म के बुझ्न बाध्य हुनुपर्ने अवस्था आउँछ भन्दा खेरी म सांसद भईसकेपछि घरमै सुतेर बस्नुपर्छ वा त्यहीको जनतासँग टाँसिएर बस्नु पर्छ । त्यो होइन सांसदले जब संविधान सभा काठमाडौंमा छ भने संविधान सभाको काम पनि हेर्नु प¥यो नी ! मैले विकास निर्माणका मेरो योजना, अरुको होइन, वहाँहरुको पनि ठीक होला तर, मेरो योजना तपाईले एउटा पनि देखाईदिनुस जहाँ भ्रष्टाचार भएको होस । जहाँ मैले योजना गलत ढंगले दिएर रकम दुरुपयोग भएको होस । म कुनै महत्वपूर्ण मिटिङ्गहरुमा जिल्लामा उपस्थित भएकै हुन्छ, म आफ्नो जिल्लामा प्रतिनिधिहरु राखेको छु । मेरो सम्पर्क कार्यालय छ त्यहाँ मार्फत म संधै सम्पर्कमा रहन्छु । र जिल्लाको विभिन्न ठाउँहरुमा गईरहेको हुन्छु । र अर्को कुरा के भने म समानुपातिक सभाषद हो । म नेपाल अधिराज्यभरीको भोटबाट चुनिएको सभाषद हुँ । म प्रतिनिधि सभाबाट होइन । म अरु जिल्ला पनि रोज्न सक्थे । मैले त मेरो कर्म थलो, मेरो तीन पुस्ता देखिको थलो रोजेको हो । म प्रत्यक्ष निर्वाचित सभाषद होइन । त सप्तरीमै कीन बसीनस भनेर त्यो कुरा पनि मिल्दैन । म त ! समानुपातिक सभाषद हो नी तर, तपाईले भन्नु भएकोमा म खुशी नै छु, कीनभने म सप्तरीको हो त्यो अधिकारले न तपाईले मलाई यो प्रश्न गर्नु भो ? त्यसको लागि तपाईलाई धन्यवाद ।
नेपाल अधिराज्यको ७५ जिल्ला मध्ये सप्तरी जिल्लामा जुन विकासको गति छ त्यो कम देखिएको छ किन होला ?
त्यसको कारण त हामी आफै हो नी ! सप्तरी जिल्लाको मानसिकता नै हो नी! योजना दिनेको पनि त्यस्तै आरोप छ, योजना लिने समितिहरुको आरोप पनि त्यस्तै छ । सोच नै सप्तरीको विकास हुन सकेको छैन । त्यही सोचको विकास गर्न म प्रयासमा छु की बजेट भनेको खानका लागि होइन, कार्यकर्ता पाल्नका लागि होइन, सांसदले खर्च गर्ने बजेट चाँही केही कुरा निर्माण गर्नका लागि विकास निर्माणको लागि हो । त्यो कुरा म प्रष्ट पार्दछु सांसदलाई दिइएको बजेट संचालन गर्दा म आफैले ती योजना संचालन भए की भएनन ? ती योजनाहरु मैले हेर्न गरेको छु त्यसैले योजना दिने र त्यसो पैसा खाने कहिले पनि गरेको छैन । आफ्नो काम आफ्नो ठाउँबाट ठीक गर्नु पर्छ । मैले त ठीक ग¥या छु म दावीको साथ भन्छु । तर, सप्तरीको मानसिकता परिवर्तन हुन सकेको छैन । सप्तरीका सांसद पनि बजेट लिएर आफै खाने, सप्तरीका जिल्ला विकास समिति पनि बजेट दिएर त्यही बजेटबाट चुस्ने, सप्तरीका पत्रकारहरु पनि सांसदलाई र जिल्ला विकासलाई भनेर हुन्छ की घुकर््याएर हुन्छ केही दिए हुन्थ्यो की भन्ने । सप्तरीका कर्मचारीहरु पनि त्यही खोज्ने उपभोक्ताहरु पनि श्रमदान २० प्रतिशत दिनुपर्ने त कत्ता हो कत्ता, आझै भ्रष्टाचार गर्न पट्टी लाग्ने । अब यो अवस्थामा सप्तरीको कसरी विकास हुन्छ ? यो हाम्रो लागि ठूलो चुनौती हो ।
तर, हामीले सबै मिलेर प्रयास गर्नुपर्छ । आज रात छ भोलि विहान हुदैन भन्ने कुरा हुन सक्दैन । हामीले एकजुट भएर विकास निर्माणको पैसा विकास निर्माण कै क्षेत्रमा लागोस, विकास निर्माणका पैसा विकास निर्माणमै लगानी भयो भने त्यसले प्रतिफल दिन्छ । प्रतिफल जनताको जिवन पद्धतीमा विकास हुने प्रतिफल भएर आउँछ । र हाम्रो जिल्ला चाँही उज्यालो हुन्छ भन्ने हामीले सोच्नु प¥यो । त्यो सोेच हामी सबैलाई आउँनु प¥यो । अरुलाई आएको छैन मलाई मात्रै आएको छ भन्न म चाहन्न । हुन सक्छ मैले पनि गल्ती गरे होला, तर छातीमा हात राखेर हामीले हामीलाई सच्चाउँनु पर्छ ।
सप्तरीका मात्र होइन अधिराज्यका ७५ वटै जिल्लाका जनताले तपाईलाई मतदान गरी नैतिकता साथ देश डे¥याउने जिम्मेवारी दिएको छ । अहिले भर्खर तपाईले अरु सांसदको भन्दीन भनेर भन्नु भयो । त्यसो भए तपाईले सुधार के गर्ने ?
मैले सबै मिलेर अवधारणामै सधार ल्याउँनु पर्ने भनेको छु। अवधारणामा सुधार ल्याउनेमा खालि राजनैतिक नेतृत्वको मात्रै जिम्मेवारी हुँदैन । राजनैतिक नेतृत्वको पनि जिम्मेवारी हुन्छ, त्यसपछि प्रशासनिक तहको पनि जिम्मेवारी हुन्छ । पत्रकार र नागरिक समाजको पनि खबरदारी गर्ने जिम्मेवारी हून्छ, निर्मूल गरुँ, यसलाई हटाउ भन्छौ । म तपाईलाई अनुरोध गर्दछु, र म आफुपनि त्यसमा प्रतिबद्ध छु तपाइसँग भन्दछु ।
अनत्यमा जिल्लावासीलाई केही संंदेश दिन चाहनु हुन्छ माई संचार डटकम मार्फत?
माई संचार डटकम जस्ता अत्यन्तै प्रखर ! अहिले जुन वहाँले प्रश्न सोध्नु भयो, अत्यन्तै खुशी लाग्यो । वहाँले मलाई ¥याक¥याक्ती पार्नुभयो । यसैगरी, जिम्मेवार निकायलाई ¥याक¥याक्ती पार्न सक्नु होस र सप्तरी जिल्लावासीलाई म के भन्न चाहन्छु भने सप्तरीको विकास भएन भनेर हामी आफै भन्ने अनि सप्तरीमा भ्रष्टाचार भयो भनेर आफै भन्ने अनी आफै भ्रष्टाचार गर्ने नगरौं । हामी सबै मिलेर सप्तरीलाई भ्रष्टाचार मुक्त जिल्ला बनाऔं र सप्तरीमा बजेट नजाने त होइन नी? सप्तरीमा बजटे जान्छ । सप्तरीका सांसदहरुले पनि बजेट नलगेका होइनन् तर, त्यो बजेटको सदुपयोग गर्नुभएको छैन । त्यो बजेटको सदुपयोग हुनुपर्छ । गतसाल जिल्ला विकामा जुन किसिमको भ्रष्टाचार भयो, अगामी दिनमा त्यस्तो भ्रष्टाचार नहोस। अन्य निकायहरुपनि विकास निर्माणका काम तदारुक्ताका साथ गरुन । प्रशासन राजनैतिक नेतृत्व एकदम जिम्मेवार हुनु जरुरी छ र नागरिक समाज र पत्रकारले खबरदारी गर्नु जरुरी छ । जहाँ सम्म राजनैतिक मुद्दाको सवाल छ सप्तरीलाई २ नं. मधेशमा राख्नु भन्दा पनि सप्तरीलाई झापा, मोरंग, सुनसरी, सिरहा, सप्तरी र उदयपुरको प्रदेश बनाउने, अहिले हामीसँग त्यसको लागि संख्या पुगेन, सांसदमा हामीले बारम्बार यो कुरा राखेका छौं । त्यो प्रदेश बन्यो भने बिराटनगर नाका हो, जोगवनी नाका हो, जोगवनी नाकाबाट हाम्रो सामानहरु आउँछ, हामीलाई ज्यादै सजिलो हुन्छ । यो व्यवहारिक यथार्थलाई मनन गरी कसैको लहैलहैमा नलागि सप्तरीलाई एक जनाले कीन न होस सही माँग छ भने पुरा हुन्छ  ।
अहिले हाम्रो संख्या पुगेन । मुद्दा भनेको एक दिनमा पुरा हुने होइन, यो मुद्दा लिएर हिडी राख्यौ भनेदेखि अगामी दिनमा सप्तरी, सिरहा, सुनसरी, झापा, मोरंग उदयपुर सहितको सवै जातजातिको समान बाहुल्य भएको प्रदेशको पक्षमा एकजुट हुन आह्वान गर्दछु ।
चिकित्सा पेशामा लाग्नु भएको छ र राजनीतिक क्षेत्रमा पनि लाग्नु भएको अति व्यस्वताका बाबजुट आफ्नो धेरै भन्दा धेरै अमुल्य समय माई संचार डटकममा उपब्ध राई दिनु भएकोमा धेरै–धेरै धन्यवाद ?
म पनि एउटा कुरा भन्दै यहाँलाई पनि धन्यवाद दिन चाहन्छु । मैले जुन दिन देखि संविधान सभाको सदस्य भएर शपथ खाए व्यवस्थापिका सदस्यको शपथ खाए त्यो दिन देखि मैले पैसा लिएर उपचार गर्ने कार्य त्याग गरेको छु ।
म अहिले पेशा भन्दा पनि राजनैतिक सेवामा लागेको छु र म पेशालाई सांसद हुन्जेल सम्मको अवधिको लागि स्थगित गरेको जानकारीका साथै यहाँलाई पनि पुनः धन्यवाद !

तपाईको प्रतिक्रिया !

Related Posts

पाकिस्तानको खाद्य संकट ‘राज्यद्वारा निर्मित’ भएको भन्‍ने भिडियो भाइरल

पाकिस्तानको खाद्य संकट ‘राज्यद्वारा निर्मित’ भएको भन्‍ने भिडियो भाइरल

वनमन्त्री यादव स्वदेश फिर्ता

वनमन्त्री यादव स्वदेश फिर्ता

अमेरिकी राजदूत बेरी र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

अमेरिकी राजदूत बेरी र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

अमेरिकाले चीनसंगको ४४ उडान रद्द गर्दा चीनमा गयो भुकम्प

अमेरिकाले चीनसंगको ४४ उडान रद्द गर्दा चीनमा गयो भुकम्प

चिनियाँ एयरलाइन्सको उडान स्थगित गर्नु अत्यन्तै अव्यावहारिक – चीन

चिनियाँ एयरलाइन्सको उडान स्थगित गर्नु अत्यन्तै अव्यावहारिक – चीन

विश्वमा एकैदिन साढे ३१ लाख कोरोना संक्रमित थपिए, आठ हजार बढीको मृत्यु

विश्वमा एकैदिन साढे ३१ लाख कोरोना संक्रमित थपिए, आठ हजार बढीको मृत्यु

ताजा समाचार
शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र


आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह


बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो