सच्चिदानन्द चौधरी
काठमाडौं । मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन् । उनले सबै दलको सहमतिमा नै निर्वाचनको मिति घोषणा गर्नुपर्ने बर्ता । फोरम लोकतान्त्रिकको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा गच्छदारले सत्ता पक्ष र प्रतिपक्ष दुवै अतिवादी सोचमा रहेकाले मुलुक समस्यामा फसेको जनाएको छ । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सत्तारूढ प्रमुख दुई दल र प्रमुख प्रतिपक्ष एमालेको अतिवादी सोचले मुलुकलाई समस्यामा फसाएको टिप्पणी गरे । गच्छदारले मुलुकलाई निकास दिन ठूला दलहरूले अतिवादी सोच त्याग्नुपर्ने आवश्यक्ता औल्याए । संविधान संशोधन प्रस्तावलाई पूर्णता दिन सत्ता पक्ष र संसद बैठक सुचारू गराउन एमालेसहितका विपक्ष दलहरूलाई आग्रह गरे । अध्यक्ष गच्छदारले प्रमुख प्रतिपक्ष एमालेलाई विश्वासमा नलिई मुलुकलाई निकास दिन नसकिने पनि स्पष्ट पारे । उनले आफनो पार्टी सरकारमा जान इच्छुक नरहेको पनि बताए । गच्छदारले विगतमा पनि मुलुकलाई निकास दिन सरकारमा जानु परेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको