विद्यार्थी जीवनकालदेखि नेपाली काँग्रेसमा लागी राजनैतिक यात्राको क्रममा दुई पटक जिल्ला कार्य समिति एक पटक महासमिति सदस्य पदयात्रा गर्दै सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नं. २ को महाधिवेशन प्रतिनिधि भई जिल्लामा सक्रिय राजनीतिकमा लागेका युवा जुझारु व्यक्तित्व रहेका उमेश कुमार मिश्र सित समसामयिक राजनैतिक परिवेश सम्बन्धमा माईसञ्चार डटकमका लागि पंकज झाले गरेको कुराकानीको सम्पादित अंश ।
तपाई निकै लामो समय देखी नेपाली काँग्रेसमा लाग्नु भएको छ नि ? देशको वर्तमान राजनीतिक अवस्था देखेर काँग्रेसले के गर्नुपर्ला जस्तो लाग्छ तपाईलाई ?
वास्तवमा काँग्रेसले अहिलेको अवस्था मधेशको मुद्दा लगायतका समस्याहरु पुरा गरेका छैन् । कतै –न कतै काँग्रेस चुकेको छ । जब जब देशमा संकट आयो तब काँग्रेसले नै सम्हालेको छ, नेतृत्व लिएको छ । चाहे राणा शासन विरोधको आन्दोलन होस, चाहे पंचायत काल विरुद्धको आन्दोलन होस्, चाहे लोकतन्त्र, गणतन्त्रका लागि गरिएको आन्दोलन होस्, सबै आन्दोलनको अगुवाई काँग्रेसले गर्दै आएको छ । मधेशको अधिकार दिलाउन कतै न कतै चुकेको छ र त्यसलाई अहिले काँग्रेस करेक्सन गरेर अगाडी बढी रहेको छ ।
अनि खै त मधेशवादी दलहरुले समस्या ज्यो का त्यो छ, हामी आन्दोलन गर्छौ भन्दैछन्, सप्तरी काँग्रेसले के गर्छ ?
मधेशको समस्या निश्चित रुपमा ज्यो का त्यो त छैन, केही न केही समाधान भएको छ र धेरै समस्याहरु अहिले पनि छन्, काँग्रेसले मात्रै गरेर हुने अवस्था पनि अहिले छैन, सबैले मिलेर गर्नुपर्छ, सबै मिल्ने ठाउँमा एमालेको अवस्था यहाँहरुले हेरी रहनु भएकै छ । माओवादीको नि द्वैत्र चरित्र देखिएकै छ । संविधान निर्माण कै समयबाट माओवादी संसदमा २०७१ साल माघ ८ गते संविधान दिनुपर्ने थियो । दोश्रो संविधान सभाबाट तर त्यसबेला चाही माओवादी तीस दलको मोर्चा बनाएर संसदबाट बाहिर गयो । २०७१ माघ ८ गते संविधान दिन सकेन् । २०७२ असोज ३ गते संविधान दियो तर पूर्ण संविधान आएको छैन । काँग्रेस त्यसलाई सुधार गरिरहेको छ । मधेश मधेशी र जनजातिको अधिकारको लागि काँग्रेस पछि पर्दैन काँग्रेसले अधिकार दिलाउँछ ।
अनी सिमांकन विवाद टुंगिएकै छैन, सरकारले चुनाव गर्छु भन्छ, यथावस्थामा चुनाव हुन्छ होला ?
हिजो अस्ती यहाँहरुले सुन्नु भएकै होला, हाम्रा आदरणीय सभापति देउवा ज्यूले संविधानको जुन प्रस्ताव लगिएको छ, त्यसको टुँगो लगाएपछि मात्रै निर्वाचनमा जाने कुरा हिजो अस्ती भर्खरै भन्नुभएको छ । त्यस्तै सिमांकन विवाद पनि टुंगीन्छ । अब एकै चोटी सबै समस्या समाधान हुने अवस्था छैन, हुँदैन, कसैको भएको पनि छैन । तर पनि अहिले जुन संशोधन प्रस्ताव लगिएको छ त्यसको निकास पछि मात्र चुनावमा जाने हाम्रो सभापति देउँवाजीले गर्नुभएको छ । काँग्रेसको अडान छ र त्यसमा मधेशवादी दलहरुको समर्थन रहेको कुरो हिजो अस्ती नै आईसकेको छ ।
तपाई ट्रेड युनियन आबद्ध कृषि श्रमिक संघको महासचिव समेत हुनुहुन्छ, जिल्लामा कृषिको दुरावस्थाको पछाडि पर्नुमा तपाईले के कारण देख्नु हुन्छ ?
म कृषि श्रमिक संघको महासचिव हो, किसानको महासचिव होइन । र किसान रहयो भने कृषि श्रमिकको जिविकोपार्जन हुन्छ, किसानै रहेन भने त कृषि श्रमिकको कुनै कामै भएन । मुल समस्या के हो भने नेपाल ९० प्रतिशत कृषि पेशामा आधारित देश हो, तर नेपालमा सरकारमा आउँन चाहे त्यो काँग्रेसको होस् वा अन्य जुनसुकै पार्टीका होस् कृषिलाई चाही उपेक्षामा राखेको छ । यसलाई उपेक्षा गर्नु हुँदैन । कृषिलाई जबसम्म उपेक्षामा राख्छ तबसम्म देशको हित हुँदैन । र सप्तरीमा न त सिचाई छ । अकाश माथि निर्भर छौ एउटा कोशी चन्द्र नहर आयोजना छ त्यसले पानी पु¥याउन सक्दैन हामीलाई । त्यसैले सरकारले सिचाईको व्यवस्था गर्न भूमिगत पानी होस वा कोशीलार्ई डाईर्भसन गराएर भएपनि सिचाईको व्यवस्था सरकारबाट हुनुपर्छ । र कृषिमा लाग्ने मल चाहि उचित मुल्यमा किसानले पाउँनु पर्छ र मल खाद्य र विउहरु चाही समयमा उपलब्ध भयो भने किसान र कृषि श्रमिकहरुको कल्याण हुन्छ, त्यसको लागी हामी काम गर्दछौं र सफल पनि हुन्छौं ।
अधिराज्यमै सप्तरी जिल्लामा सबै भन्दा बढी भ्रष्टाचार हुने गरेको तथ्यांक सार्वजनिक भएको छ, यसमा क–कसलाई जिम्मेवार देख्नुहन्छ र राजनैतिक दलले यसको जिम्मेवारी बोक्ने की नबोक्ने ?
निश्चित रुपमा अहिले भर्खरै तपाईकै कम्प्युटरमा मैले हेरे की भ्रष्टाचारमा सप्तरी एक नम्बरमा रहेको छ तथ्यांकमा सबै भन्दा बढी जिम्मेवारी चाहि राजनैतिक दलको नेतृत्वको जिम्मेवारी हो, सरकार नेतृत्वको जिम्मेवारी हो । हामी राजनैतिककर्मीहरु, हाम्रो देशमा जुन अहिलेको अवस्था गुज्रिरहेको छ, म हेरिरहेको छु, कुनै पार्टीमा, काँग्रेसमा पनि राष्ट्रिय नेता कहलाउने कोही पनि छैन । कोही जिल्लासम्म सिमित छन., कोही क्षेत्रसम्म सिमित छन्, कोही धेरै भयो भने अंचल अथवा प्रान्त सम्म सिमित छन् । कोही पनि, कुनै पनि पार्टीमा राष्ट्र नेता कहलाउने कोही पनि छैन । पदले कोही केन्द्रिय सभापति होला, त्यो बेग्लै कुरो हो तर राष्ट्र नेताको रुपमा चिनिएको छैन । भ्रष्टाचार चरम सिमामा छ । म तपाईलाई एउटा उदाहरण दिन्छु । तपाई जिल्ला प्रशासन कार्यालयमा कुनै संस्था दर्ता गराउन जानु, सामान्य क्लबको दर्ता गराउँन जाँदा खेरी त्यसको विधानमा उल्लेख गर्नु पर्छ कुनै नैतिक पतन देखिने, कुनै पनि फौदजारी अभियोग प्रमाणित नहुनु पर्ने । तर राजनैतिक दलको कुनै विधानमा त्यस्तो उल्लेख भएको हुँदैन । त्यसैले मूल कारण त्यही हो । राजनैतिक दलमा जबसम्म भ्रष्टाचारीलाई रोकिँदैन तबसम्म भ्रष्टाचार कम हुँदैन । म उदाहरणको लागि आफनै पार्टीको उदाहरण दिन्छु खुम बहादुर खडका । खुम बहादुर खडकालाई देशको सर्वाेच्च न्यायले नैतिक पतन भ्रष्टाचारी प्रमाणित गरी सक्या छ । जेल काटि सक्नु भएको छ । तैपनि उहाँ क्रियाशील देखि केन्द्रिय समिति सम्ममा हुनुहुन्छ र उहाँ अहिले उपाध्यक्षको लविङ्ग गर्दै हुनुहुन्छ । हाम्रो चिरञ्जीवी वाग्ले, गोविन्द्र राज जोशी लगायतका नेताहरु, यिनीहरुलाई पार्टीको विधानले रोक्नु पर्छ । चाहे त्यो काँग्रेसको विधान होस्, माओवादीका विधान पनि त्यस्तै छ एमालेको अहिले जुन कार्कीको कुरा आएको छ । कार्कीले के कुरा बाहिर आयो भने के कुरो ल्याउँछ त्यो भोलीको कुरा हो तर, बाहिर आयो भने कोही पनि भं्रष्ट नेता बच्दैन, ल्याउनु पर्छ । भ्रष्ट नेताहरुलाई पनि छोडनु हुँदैन चाहे त्यो काँग्रेसका होस वा अरुको होस् । भ्रष्ट नेताहरुलाई रोक्यो भने भ्रष्टाचार त्यो सप्तरी जिल्लाको होस वा अधिराज्य भरीका अन्य जिल्लाको होस् आफै न्यून हुन्छ, एकदम धेरै न्युन हुन्छ, त्यसलाई रोक्न सकिन्छ ।
भनेपछि तपाईको भनाई अनुसार भ्रष्टाचारको मुख्य जन्म दल नै राजनैतिक दल हो हैन त ?
अहिलेको अवस्थामा जुन देखिएको छ। हाम्रो नेपालको सन्दर्भमा जुन प्रमाणित भई रहेको छ । भ्रष्टहरु जुन केन्द्रिय कमिटीहरुमा गईरहेका छन् ती र तिनीहरुले जुन बढावा दिई रहेको छ त्यसले चाही प्रमाणित भई रहेको छ की भ्रष्टाचारको जड चाही राजनैतिक नेतृत्व पंक्तिहरु हो । तिनीहरु सच्चिनु पर्छ ।