सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादव र उनको छोरा अजयलाई भारतीय प्रहरीले अपहरण मुद्दामा पक्राउ गरिएको खुलासा भएको छ ।

भारतीय प्रहरीचौकी कुनौलीका प्रहरी इन्चार्ज विनोद कुमार यादवले उनीहरुविरुद्ध पहिले नै अपहरणको मुद्धा परेकाले पक्राउ गरिएको जानकारी दिए ।

उनले भने ‘देवनारायण र अजय विरुद्ध गत जेठ २० गते ज्योती कुमारी साहलाई  अपहरण गरेको मुद्धा उनको दाजु संजिब कुमारले दिए पछि अफु बाबु छोरा कुनौली आएको बेला पक्राउ गरेको बताए ।

पक्राउ गरे लगतै कुनौली चोकी बाट सुपौलको विरपुर थानामा रहेको कारागार चलान गरिएको जानकारी दिए ।

 दुई देशबीचको सिमाको विषयलाई लिएर देवनारायणको बाबुछोरा पक्राउ गरेको भन्ने हल्ला निराधार भएको इन्चार्ज यादवले बताए ।

 यादवका छोराले ५ महिनाअघि भारतबाट एक नाबालिका ज्योति कुमारी लाई  भगाएर विवाह गरेका थिए । बालिकाको परिवारले छोरी अपहरण गरेको भन्दै यादव, र उनका छोराससहित ३ जनाविरुद्ध उजुरी दिएका थिए ।  अपहरणको मुद्दामा जाहेरी परेपछि यादव पक्राउ परेको सप्तरीका एसपी मुकेश सिंहले समेत स्बीकारेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको