राजविराज । पूर्व राज्यमन्त्री चन्द्रकान्त चौधरीको निधन भएको छ ।
शनिबार बिहान ११ बजेतिर ८५ बर्षको उमेरमा चौधरीको सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ स्थित घरमै निधन भएको हो ।
२०७४ सालको निर्वाचनमा उनी सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए ।
तत्कालीन राजपाबाट निर्वाचित उनी उर्जा, सिंचाइ र जलश्राेत राज्य मन्त्री समेत बनेका थिए ।
पछिल्लो पटक उनी राष्ट्रिय मुक्ति पार्टीको कार्यकारिणी समितिमा थिए ।
चौधरीको आइतबार अन्तिम श्रद्धाञ्जली गर्ने कार्यक्रम रहेको राष्ट्रिय मुक्ति पार्टीका सह महासचिव गजेन्द्र मण्डलले जानकारी दिए ।







